ललितपुर, पुस ।
ललितपुर स्थित क्यारेबियन कलेजका बिद्यार्थी चढेको बस दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ २३ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा कक्षा १२ का विद्यार्थी १८ वर्षीय युवराज केसी छन् । पिकनिकका लागि दक्षिणकाली जाँदै गर्दा बा २ ख ६९२२ नम्बरको बस फर्पिङ–कुलेखानी सडकको लामागाउँमा दुर्घटना भएको हो । घाइते चालक र विद्यार्थीको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।
बस सडकबाट करीब एक सय फिट तल खसेको प्रहरीले जनाएको छ । कच्ची सडकको मोडबाट चिप्लिएर बस तल खसेको प्रहरीले जनाएको छ । कलेज व्यवस्थापनका अनुसार विद्यार्थीहरू बस भाडामा लिएर आज पिकनिक गएका थिए ।