अखण्ड नेपाल पार्टिका केन्द्रिय अध्यक्ष कुमार खड्काले देशको अस्मिता रक्षाका लागि नेपाली जनता फेरि एक पटक जाग्नु पर्ने बेला आएको बताउनु भएको छ । व्यवस्थापिका संसदका सदस्य समेत रहनु भएका खड्काले ठुला भनाउदा राजनितिक दलहरु भरोसा योग्य नभएकाले जतिवेला पनि जनविरोधी क्रियाकलाप गर्न सक्ने आरोप पनि लागाउनु भयो । अखण्ड नेपाल पार्टि रुपन्देहीले बुटवलमा आयोजना गरेको कार्यक्रर्ता भेटघाट कार्यक्रममा बोल्दै उहांले यस्तो बताउनु भएको हो । उहांले विगतमा भएका राष्टघाती सन्धी सम्झौताका कारण नेपाली जनताले सास्ती खेप्नु परेको अवस्थामा प्रधानमन्त्रीो अहिलेको भ्रमणबाट पनि मुलुकले के गुमाएको सुन्नु पर्ने हो भन्दै जनताललाई खवदारीका लागि तयार रहन आग्ह गर्नु भयो । भर्खरै जारी भएको संविधान तुलनात्मक शुरुमा अग्रगामी भएपनि संशोधन गर्दै लगेर फेरि पनि विदेशीको इच्छा अनुशार अघि बढे यसको अर्थ नहुने बताउनु भयो । अखण्ड नेपाल पार्टिका जिल्ला अध्यक्ष यम वहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय महासचिव केश वहादुर केसी, अञ्चल अध्यक्ष गुप्त वहादुर खत्री, कोपिला मल्ल, मनोज खड्का, कृष्ण प्रसाद भण्डारी, लिल वहादुर क्षत्री लगायतले बोल्नु भएको थियो । सो अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको सो पार्टिका नेता लेख वहादुर कार्कीले जानकारी दिनु भयो ।