बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर -११ देविनगर स्थित माझगाउँमा सोमबार एक महिलाको हत्या भएको अवस्थामा मृत भेटिएकी छन् । बुटवल ११ देविनगर माझगाउँमा टाउकोमा चोट लागेको अवस्थामा महिला मृत भेटिएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा मृत भेटिएकी महिला अञ्जली वि.क. रहेको प्रहरीले जनाएको छ । अञ्जली मृत भेटिएपछि उनका श्रीमान सागर वि.कलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
श्रीमान श्रीमतीको झगडामा श्रीमानले ढकेल्दा ढोकामा श्रीमतीको टाउको ठोक्कीएर मृत्यु भएको पक्राउ परेका वि.कले प्रारम्भिक बयानमा बताएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख डीएसपी विजयराज पण्डीतले बताए ।