बुटवल । २ वर्ष अगाडि आर्थिक जोहो गर्न मलेसिया पुगेका कोटहिमाई २ मर्चवारका दया शंकर कोरी उमेरले जम्मा ३३ वर्षका थिए । उनी कलिलो उमेरमा हृदयघातका कारण मलेसियामै आफ्नो प्राण त्याग गरे पस्च्यात उनको परिवारमा श्रीमती, १ छोरा, १ छोरी, २ भाई छन ।
बच्चाको भविष्य र घरको जिम्मेवारी बोकेर बैदेशिक यात्राामा निक्लिएका दया शंखर संगै आम्दानीका बाटा साघुरिए उनले बैदेशिक रोजगारको क्रममा सुर्यज्योति लाइफ बाट बैदेशिक रोजगार म्यादि जिवन बिमा गरेका कारण उनको मृत्यु पश्चात उनको परिवारलाई सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका लुम्विनी प्रदेश प्रमुख सुशील चापागाई, मर्चवार शाखा प्रमुख पार्वता भुसाल, कर्मचारी हरिशचन्द्र यादव एजेन्सी हरुको उपस्थितिमा मृतक दाँयाशंकरको श्रीमती रिनु चमार, भाई दुर्गा दिन कोरी लाई चौध लाख (१४०००००) रकम हस्तान्तरण गरीएको शाखा प्रमुख भुसालले बताउनुभयो ।