बुटवल साउन २५ । गुल्मीका मृगौला पिडितलाई गुल्मी जिल्ला समाज युकेका संस्थापक अध्यक्ष ओम प्रसाद थापा काउचा प्रमुंख संयोजक तथा सहसंयोजक गुल्मी चन्द्रकोट हाल युके निवासी कुमार थापा र युबा नेता कुश बस्नेतको सक्रियतामा रहेर संकलन गरेको रकम पिडितलाई हस्तान्तरण गरेका छन् । काठमाडौँमा एक कार्यक्रम आयोजना गरी मृगौला पिडितलाई आर्थिक सहयोग गरिएको हो ।
गुल्मी चन्द्रकोट गाउँपालिका वार्ड न १ सराड निवासी दुर्ग बहादुर पुन मगरको दुबै मृगौला फेल भए अनुरूप समन्धित वडा कार्यलयको निज परीवारको परिवारीक आर्थिक अवस्था अती नाजुक भएको उनको जिवन मरन बाट बचाउन नया किड्नी प्रत्यारोपण गर्नु पर्ने भएकोले बेलायत बासी गुल्मी चन्द्रकेट गाउपालिकाका सदस्यहरू साथै अन्य गुल्मेली र अन्य पुन्यकारी दाताहरू मार्फ़त संकलित (रू १२ लाख ३२ हजार ५ सय बयासी संकलन गरिएको हो) ।
६ अगष्ट २०२४ को दिन ललितपुर नख्खु स्थित अस्पतालको प्राणागनमा काठमाडौँ चन्द्रकोट समाजका सक्रिय सदस्य गोपाल सिंह गलामी मगर र गुल्मी शान्तिपुर हाल काठमाण्डू निवासी शिक्षिका माया राना काउचाको हातबाट बिरामी दुर्गा बहादुर पुन र उनकी धर्मपत्नी बिमला पुनको हातमा चेक हस्तान्तरण गरिएको हो।
सय पुन्यकार्यको निम्ती कसैको जिवन रक्षा र पुन:जिवन दिलाउन सकियोस भन्ने उदेश्यले रकम संकलनको प्रमुख संयोजन गुल्मी जिल्ला समाज युकेका संस्थापक अध्यक्ष हाल समाजका टष्ट्री साथै प्रथम नौमती बाजा गुल्मी युके समुहका संस्थापक प्रमुख संयोजक ओम प्रसाद थापा काउचाले बताए ।
समन्धित बिमारी र परिवारको हातमा हस्तान्तरण गर्न सफल भएका छौ भन्दै थापा काउचा यस पुन्य कार्यमा साथ दिने सबै पुन्यदान दानबिर हरूलाई बिशेष आभार को साथ धन्यवाद तक्राउ यस्तै भबिष्य मा पनि यस्ता मानबिय कार्यमा साथ पाउने आसा राख्दै बिगत का दिनमा सयौ संख्या मा यस्ता अभियान गरेर धेरै को आपतबिपत पर्दा आफ्नो गुल्मीमा को पुन जन्म दिन सफल भएको ,यस्ता उल्लेखनीय कार्य गरेका उदाहरण हरू धेरै छन काउचाले बताए ।
साथै हाम्रो बिरामी गाउँले जिल्ला बासी दुर्गा बहादुर पुन मगरको शीघ्रस्वास्थ्यलाभको कामना गर्दै उनले मृगौला पिडितलाई आर्थिक सहयोग गर्ने सबै मनकारी पुन्यदान कर्ता हरूलाई आभार प्रकर्ट गरेका छन् ।