असार १८ बुटवल । बुटवलमा जारी प्रथम लुरी बुलेट फुटसल प्रतियोगिताको उपाधी स्वर्णिम एफ सिले चुमेको छ । बुटवलका युवाहरूको सक्रियतामा प्रथम लुरी बुलेट खुल्ला फुटसल प्रतियोगिता सम्पन्न भएको छ। युवा एवम सामाजिक अगुवा थम्मन पुनको प्रमुख आतिथ्यतामा भएको खेलको संयोजक बिशाल गौचन रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी पुनले प्रतियोगिता मार्फत देशका लागि उत्कृष्ट खेलाडीहरु समेत जन्माउने , प्रोत्साहन गर्ने , भाईचाराको सम्बन्ध स्थापित गर्ने यस्ता प्रतियोगिताले मद्दत गर्ने उनको भनाई थियो । राष्ट्रका लागि खेलकुद,स्वास्थका लागि खेलकुद“ भन्ने मूल नारालाई आत्मसात गर्दै स्थानीय स्तरमा पनि युवाहरुलाई लक्षित गरी स्थानीयस्तरमा लुकेका प्रतिभाहरुलाई उजागर गर्नका लागि खेलकुद प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । 
फुटसल प्रतियोगिताको फाइनलमा आहाना एफ सि र स्वर्णिम एफ सि बिच प्रतिस्पर्धा भएको खेलमा स्वर्णिम एफ सि विजय भएको थियो। एक्काईस टिम सहभागी रहेको खेलमा प्रथम विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित ५० हजारको चेक, उप-विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित २५ हजारको चेक तथा अन्य विधाका विजेताहरूले ट्रफी, मेडलसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
फुटसल प्रतियोगिता सफल बनाउन विभिन्न संघसंस्था एवं सामाजिक व्यक्तित्वहरुको सहयोग रहेको थियो । सहयोग र सद्भाव प्रकट गर्ने सम्पूर्ण समाजसेवी , युवा , व्यवसायी , राजनैतिक व्यतित्व सम्पूर्णलाई पुनले धन्यवाद ज्ञापन गरेका थिए । दुई दिन सम्म चलेको उक्त प्रतियोगितामा २१ वटा समूहले सहभागिता जनाएका थिए ।