बैशाख ३१,बुटवल । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) लुम्बिनी प्रदेश अध्यक्षमा रुपन्देहीका सिए छविलाल पाेखरेललाई चयन गरिएकाे छ । संघकाे शनिबार बुटवलमा सम्पन्न अधिवेशनबाट प्रदेश तथा रुपन्देही जिल्लाकाे कार्यसमिति सर्वसम्मत चयन गरिएकाे हाे । अधिवेशनबाट प्रदेश समितिकाे सचिवमा सिए उपेन्द्र न्याैपाने (बाँके), काेषाध्यक्षमा सिए सुशील ज्ञवाली (रुपन्देही), सलस्यहरुमा सिए बालकृष्ण पाण्डे (रुपन्देही) र सिए दीपक सेटी (दाङ) लाई चयन गरिएकाे निर्वाचन समितिका संयाेजक वरिष्ठ सिए रुपेश महेश्वरीले जानकारी दिनुभयाे ।
शनिबार नै केन्द्रीय ३५ औं अधिवेशन अन्तरगत लुम्बिनी प्रदेशकाे निर्वाचन बुटवलमा भएकाे छ । सिए हरि लम्सालका अनुसार निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकाे छ । एक्यानमा लुम्बिनी प्रदेशमा रहेका १०९ जना मध्ये ९१ जनाले मतदान गरेकाे केन्द्रीय प्रतिनिधि दीपक ज्ञवालीले जानकारी गराउनु भयाे । एक्यानको केन्द्रीय सभापति पदमा सिए अरुण राउत र सिए रमेश धिताल बिच भएको प्रतिस्पर्धामा सिए अरुण राउत निर्वाचित भएका छन ।