पाल्पा – पाल्पामा रातिमा टिप्पर चलाउन रोक लगाउँदै राजमार्गमा टिप्पर चलाउन टाइमकार्ड लागू गरिएको छ ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले टिप्पर सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो । रातिमा टिप्पर चलाउँदा आएको आवाजले सडक छेउका घरमा समस्या भएको गुनासो आएपछि रातिको सात घण्टासम्म टिप्पर चलाउन रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
रातमा सुत्न नपाइने र दिउँसोमा धुलोसँगै भात खानुपर्ने बाध्यता रहेको भन्दै स्थानीयको पटक-पटक गुनासो गर्दै आएका थिए । बैठकले रिब्दीकोट गाउँपालिका–३ खस्यौलीको हार्थोकदेखि तिनाउ गाउँपालिका–२ दोभानसम्म साढे दुइ घण्टाको समय तोकिएको छ ।