नेपाल पत्रकार महासंघ रुपन्देहीको साधरणसभा बुधबार हुने भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यतामा साधरणसभा हुने भएको हो । महासंघको साधरणसभाको आवश्यक तयारी पूरा भएको महासंघका अध्यक्ष यानेन्द्र जिसिले जानकारी दिए ।
उनका अनुसार साधरणसभामा सचिव र कोषाध्यक्षको प्रतिवेदन पेश हुनेछ ।कार्यक्रममा महासंघका पूर्व अध्यक्ष, सल्लाहाकार, रुपन्देहीका विभिन्न संघसंस्था प्रतिनिधि एंव साधरण सदस्यहरुको सहभागिता रहने सचिव रामप्रसाद आचार्यले जानकारी दिए। बुटवल मिलनचौक स्थित सिद्धार्थ कटेजमा विहान ११ बजे हुने साधरणसभामा सहभागी हुन महासंघले सबै सदस्यहरुलाई अनुरोध गरेको छ ।