काठमाण्डाै –प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि आर्मी क्लबले जितेको छ । आर्मीले एपीएफलाई ३३ रनले हराएर पहिलो पटक उपाधि जितेको हो ।
त्यस्तै एपीएफका कप्तान शरद भेषवाकर शून्य रनमा आउट भए । आर्मीका जितेन्द्र मुखिया, बिक्रम सोब र शाहब आलमले ३/३ तथा सुशन भारीले १ विकेट लिए । आर्मीको जितमा हरी चौहानले ५८ रनको अर्धशतकीय पारी खेले । त्यस्तै राजेश पुलामीले २८, शाहब आलमले २५, लोकेश बमले १५, सुशन भारी र रोहित पौडेल समान १३/१३ रन जोडे । अनिल मण्डल र बिक्रम शोब समान ११/११ रन बनाए ।
एपीएफका अविनास बोहोराले ४ विकेट लिए । किशोर महतोले २ तथा कमल ऐरी, शरद भेषवाकर र भुवन कार्कीले १/१ विकेट लिए ।