तिलोत्तमा- तिलोत्तमा क्रिकेट विकास समितिका संस्थापक अध्यक्ष स्वर्गीय सुनिल ढुङ्गानाको स्मृतिमा तिलोत्तमा क्रिकेट विकास समितिले फागुन ८ गतेदेखी प्रथम सुनिल ढुङ्गाना स्मृति खुल्ला टि-१० नकआउट क्रिकेट प्रतियोगिता गर्ने भएको छ । क्रिकेट विकास समितिका संस्थापक अध्यक्ष स्वर्गीय सुनिल ढुङ्गानाको स्मृतिमा आगामी फागुन ८ गते देखि रुपन्देहीको तिलोत्तमामा अवस्थित नव जीवन खेल मैदानमा प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा देशभरबाट २० टिमको सहभागिता रहने तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष दिपक भुर्तेलले जानकारी बताए । प्रतियोगितामा विजेता टिमले एकलाख नगद पुरस्कार राशीसहित कप, मेडल र प्रमाणपत्र पाप्त गर्ने छ भने उप विजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छ ।
यसैगरी विधागततर्फ म्यान अफ दि सिरिजले १० हजार, बेस्ट ब्याट्सम्यान, बेष्ट बलर तथा उदयमान खेलाडीले नगद ५र५ हजार पुरस्कार राशी प्राप्त गर्ने छन् भने हरेक खेलका म्यान अफ दि म्याचले हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । टिम दर्ताका आगामी फागुन ५ गतेसम्म गर्न पाउने छन् भने दर्ता शुल्क १० हजार रुपैयाँ कायम गरिएको आयोजकले जनाएको छ ।