बुटवल- संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्रदयेश त्रिपाठी शनिबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आईपुगे । आउँनु बित्तिकै उनले लुम्बिनी प्रदेशको सामाजिक बिकास मन्त्रालयका कर्मचारी तथा प्रादेशिक अस्पताल बुटवलका कर्मचारी र पदाधिकारीसँग छलफलमा जुटे । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद गिरी , कोरोना विरुद्धको खोप ब्यवस्थापन लुम्बिनी प्रदेशका संयोजक डा. विकास देवकोटा , प्रदेश आपुर्ति केन्द्रका प्रमुख दिनेश चापागाई, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अध्यक्ष सूर्य बहादुर भट्टराई र मेशु राजेन्द्र खनाललाई मन्त्री त्रिपाठीले किन खोप वितरणमा ढिलाई भयो भन्दै प्रश्न सोध्न थाले ।
लुम्बिनी प्रदेशमा कोरोना विरुद्धको खोप वितरणमा ढिलाई किन भयो भन्दै स्वास्थ्य मन्त्री त्रिपाठी कर्मचारी माथि खनिन थाले । विश्वमा कोरोना विरुद्धको खोपको अभाव भईरहेको वेला भारत सरकारले उपहार स्वरुप प्रदान गरेको खोप वितरणमा लुम्बिनी प्रदेशका जिल्लामा ढिलो वितरण भएको भन्दै मन्त्री त्रिपाठीले गल्ती महशुस गर्नुहोस, नभए आफैं गल्ती महशुस गराउने भन्दै चेतावनी समेत दिए ।
जिल्ला स्वास्थ्य कार्यालयले खोप समन्वय समितिका संयोजक प्रमुख जिल्ला अधिकारी रहने गरि प्रत्येक जिल्लाका जिल्ला अस्पताल र १५ शैयाका अस्पतालबाट खोप वितरण गरेको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी , सरसफाईकर्मी , बृद्धआश्रममा काम गर्ने , कैदिबन्दीलाई गरि ४ लाख ३० हजार जनालाई पहिलो चरणमा खोप दिईने सरकारको लक्ष्य छ ।
दोश्रो चरणमा अरु जनसंख्यामा खोप वितरण गरिने छ । पहिलो चरणमा नै खोप दिन ढिलाई भएपछि स्वास्थ्य मन्त्री त्रिपाठी अनुगमनको लागि भन्दै लुम्बिनी प्रदेशमा आएका हुन ।
उपहार स्वरुप पाएको खोप वितरणमा ढिलाई भएको भन्दै दोश्रो चरणमा कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्दै आफुलाई पिर परेको बताए । तिन वटा ट्रायल पास गरेको र दुई वटा देशमा लगाईएका खोप नेपालमा ल्याईने उनले बताए ।
म हँुदासम्म नेपाली जनतालाई खोप ट्रायल गर्न त मैले दिन्न त्रिपाठी भन्छन – कति मसँग रिसाएका छन ट्रायल गर्न नपाएर । अहिले राम्रो कम्पन्नीले उत्पादन गरेको खोप नेपालले पाएको उनले बताए ।
सबैलाई निःसुल्क खोप उपलब्ध गराउने उनले बताए ।खोप वितरणको अभियानमा साथ नदिनु भनेको जनघात हो मन्त्री त्रिपाठी भन्छन–यो अभियानमा सबैले साथ दिनुपर्छ र हामीले सबै नेपालीलाई खोप उपलब्ध गराउँने छौं । त्यसपछि मन्त्री त्रिपाठीले लुम्बिनी प्रदेशका रुकुम र रोल्पा जिल्लाका अस्पतालका प्रमुखहरुलाई फोन गरेर खोप पुगे नपुगेको र वितरणको बारेमा सोध्न थाले । खोप वितरणको समस्या र ढिलाई हुनुको कारण फोनबाट स्पष्टिकरण लिए ।
जिल्ला प्रशासन र पालिकाहरुको समन्वयनमा दुर्गम जिल्लामा वितरण गर्न सकिने मन्त्री त्रिपाठीको भनाई छ । पहिलो चरणको खोप वितरणमा कुनै ढिलाई गर्न नहुनेमा उँहाले जोड दिनुभयो । अबको तिन महिना भित्रमा ७२ प्रतिशत खोप लगाउन योग्य नेपालीलाई कोरोना विरुद्धको खोप दिईने उनले त्रिपाठीले बताए ।
लुम्बिनी प्रदेशमा ३९ हजार ४ सय ९५ जनाको लागि ८७ हजार ६ सय ७९ डोज खोप लगाईने छ । शनिबारसम्म पहाड र तराईका जिल्लामा गरि २ हजार ६३ जनालाई खोप लगाईएको छ । १४ गते तराईका ६ वटा जिल्ला र १५ गते पहाडी जिल्लामा खोप अभियान सुरु गर्दा प्रदेशमा कोरोना विरुद्धको खोप लगाउन ढिला भएको लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।