संघीयता, सुशासन, समृद्धि र समाजवादको नारा बोेकेर राष्ट्रिय राजनीतिमा होमिएको जनता समाजबादी पार्टी नेपालले मुलुकको पछिल्लो घटना क्रममा आफ्नो गम्भीर आपत्ति जनाउँदै आएको छ । गएको पुस ५ गते प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि अझ रुष्ट बनेको जनता समाजबादी पार्टीले नेकपाको ओली खेमा बाहेक अरु राजनीतिक दलहरु जस्तै विरोधका कार्यक्रमका साथ सडकमा उत्रिएको छ । शनिबार दाङको घोराहीमा जनता समाजबादी पार्टी दाङले प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक कदम खारेज गर्न तथा संघीयताको रक्षामा आम नागरिकलाई एकतावद्ध गर्न भन्दै जनप्रदर्शन तथा विरोध सभा सम्पन्न गरेको छ । घोराहीमा आयोजित विरोध सभालाई पूर्व प्रधानमन्त्री एवम् संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले निर्वाचन आयोगले तोकेको बैशाख १७ र २७ को निर्वाचन असम्भव रहेको बताउनु भएको छ ।
दुई तिहाईको सरकारले काम गर्ने वातावरण भएन, मलाई पार्छी भित्रैबाट असहयोग भयो जस्ता बहाना बनाएर स्थायी सरकार भंग गर्ने अधिकार प्रधानमन्त्री ओलीलाई संविधानले नदिएको प्रष्ट पार्दै कुनै पनि हालतमा प्रतिनिधि सभा पुनस्र्थापना हुनै पर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आफुलाई सर्वेसर्वा ठानेर बिना छलफल आफु खुशी मनलाग्दी गरेको तर्क गर्दै अध्यक्ष भट्टराईले कोही कसैले सोँच्दै नसोँचेको काम गरेर दुनियाँ हँसाउने मात्रै होईन, संघीय लोकत्रान्त्रिक संविधानमाथि ठाडो हस्तक्षेप गरेर आरोप लगाउनुभयो । असबैधानिक पतिगमनकारी कदम विरुद्ध जन प्रर्दशन तथा विरोध सभा लाइ घोराहीमा सम्वोधन गदै उनले यस्तो बताएका हुन ।
यस्तै, अध्यक्ष भट्टराईले विरोध सभालाई सम्बोधन गर्दै नेपाली नागरिकलाई ओलीले चालेको गलत कदम कुनै पनि हालतमा सफल हुन नसक्ने भन्दै बैशाखमा चुनाव नहुने ठोकुवा गर्नुभयो ।यस्तै, उहाँले केपी ओलीले संबैधानिक अंगहरु आफनो हातमा लिएर देशमा तानाशाहतन्त्र ल्याउन खोजेको आरोप लगाउँदै मुलुकको परिवर्तनका लागि सडकमा उत्रिएका नेपाली नागरिकले आफु कोही कसैको अधिनमा बस्नलाई संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान नबनाएको जिकिर गर्नुभयो । यो संविधान सबै अटाउने, सबैको भावना समेट्ने, सबैको विचारलाई सम्मान गर्ने संविधान रहेको उल्लेख गर्दै संविधानको धारालाई गलत अर्थ लगाएर, बंग्याएर आफ्नो अनुकुलको बनाउने काम भएको तर्क गर्नुभयो ।उहाँले लोकतन्त्रको रक्षाका लागि अब सम्पुणर् देशभक्त नागपरक एकतावद्ध भएर प्रतिगमनका.े विरुद्ध अगाडि बढ्नु पर्ने बेला आएको बताउनुभयो ।
समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार समिती सदस्य केशव रिजालको अध्यक्षतामा भएको विरोध सभामा विभिन्न पार्टी परित्याग गरि जनता समाजबादी पार्टीमा प्रवेश नेता तथा कार्यकर्ता पनि प्रवेश गरेका थिए । उनीहरुलाई अध्यक्ष भट्टराइले स्वागत गर्नुभएको थियो ।