बुटवल/ 2077/09/24
बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडक विस्तारका लागि मापदण्ड विपरितका घरहरु भत्काउन २४ घण्टाको अल्टीमेटम दिएको छ । व्यापारिक मार्ग विस्तार आयोजनाले एक सूचना जारी गर्दै २४ घण्टाभित्र सडक सिमा भित्र पर्ने सम्पूण मालसामान तथा घर टहराहरु हटाई सडक विस्तार कार्यमा सहयोग गर्न पनि आग्रह गरेको छ । यस व्यापारिक मार्ग विस्तार आयोजना, वेलहिया-बुटवल सडक, मणिग्रामले बुटवल राजमार्ग चौराहदेखि चिडिया चौकी हालको तिलोत्तमापथसम्म सडक विस्तार गर्न लागेकोले सडक ऐन २०३१ ले तोकेको सडक केन्द्र रेखादेखि दायँ बायँ २५र२५ मिटर भित्र रहेका संरचना हटाउन पटक पटक अनुरोध गर्दा समेत केही घर धनीले अटेर गरेको पाईएकाले २४ घण्टा भित्र सडक सिमा भित्र पर्ने सम्पूणर् मालसामान तथा घर टहराहरु हटाई सडक विस्तार कार्यमा सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ । सूचनामा भनिएको छ । लामो समयसम्म विभिन्न विवादका कारण अवरुद्ध हुँदै चौराह-गोलपार्क सडक विस्तारको काम सर्वोच्च अदालतले बाटो खुला गरिदिएपछि विहिबारदेखि सुरु भएको छ ।