२१ पुष,कञ्चन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव प्रचण्ड पक्षका अगुवा नेता कार्यकर्ताहरुकोे भेला रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहको सभाहलमा सम्पन्न भएको छ। सो भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य डिलाराम आचार्यले हिजो ज्ञानेन्द्र शाहले कु गरेर चुनाव गराउदा त्यसको बिरोध गर्न लगाउने नेतृत्वले आज तिने नेतृत्वबाट संबिधानलाई कु गरेर बैसाखमा गराउने चुनाबलाई कुनै पनि हालतमा स्विकार्य नहुने बताएका छन ।
केन्द्रिय सदस्य आचार्यले स्थानिय तहका नेता कार्यकर्ताहरुमा गहन अध्ययनको कमी र सतही कुरामा बिश्वास गरेर ताली बजाउदा ओलीमा अहमता बढेकै कारण पार्टी एकतामा दुर्घटना आएको समेत बताएका छन। मेरो कारण पार्टीले बहुमत ल्याएको हो भन्ने भ्रमले केपी ओलीमा आएको अहम र घमण्डले गर्दा पार्टीको नेतृत्व गरेर सकार संचालन गर्दा समेत पार्टीमा कुनै छलफल र सल्लाह नगरी एकतर्फी संकी पाराले सरकार चलाउने हुर्मत गरेकै कारण पार्टीले धोका खानु परेको र अन्तमा पार्टी बिभजनको परिस्थितीमा पुगेको बताउदै केन्द्रिय सदस्य आचार्यले आन्दोलन बिचार,नीति र सिद्धान्तको हुने तर पार्टीको नेतृत्वले पद र पैसाको लागि आन्दोलन गरेकै कारण पार्टीमा संकट देखा परेको बताएका छन ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अर्का नेता पुरुषोत्तम घिमिरेले चटकेले डमरु बजाएर आकर्षण गरेको दर्सक चटक देखाउदा मात्र भए झैं ओली पनि एउटा चटके बाहेक केही नभएको र चटकेको बास्तबिकता संसद बिघटन गरेसंगै छर्लंग भएको बताएका छन । पार्टी एकता गर्नु पुर्व जननेता मदन भण्डारीको जनताको बहुदलिय जनवाद पुरानो भएको भन्दै सबै बामपन्थी शक्ति एक भई नया चिराबाट पार्टी संचालन गर्न पार्टी एकता गरेको र पार्टी एकता संगसंगै उनै ओलीको संरक्षकत्वमा नेकपा एमाले नामक दल निर्वाचन आयोगमा दर्ता गर्नुले पनि ओली पार्टी बिभाजनको मुख्य नाइके भएको नेता घिमिरेले बताए । राजा महाराजाले जस्तै संबिधानमा नभएको अवस्थामा हामीमा भएको अन्तरनिहित बिशेषाधिकार प्रयोग गरी नयाँ जनादेशको लागि संसद बिघटन गरेको भन्नु ओलीले श्रीपेच बिनाको महाराजा बन्ने कुचेस्त गरेको आरोप लगाउदै
आदलतमा बिचाराधिन मुद्धा माथी आफै वकिल बनि अदालतले फैसला नगर्दै यो राजनितिक मुद्धा भएकोले अदालतबाट फैसला नहुने भन्दै हिड्नु ओलीमा हतास र डरको मानसिकता भएको भएको समेत उललेख गरेका छन।
यसैगरी अर्का नेता मिन प्रसाद घिमिरेले बैकल्पिक उपाय रहदा रहदै संसद बिघटन गरेर ओलीले आफुलाई कमजोर मानसिकताको उपजको रुपमा प्रस्तुत भएको बताएका छन। नेता घिमिरेले जिवनभर पार्टीको बिकास र जनताको सेवा गरी जिवन समपर्ण गरेका नेता कार्यकर्ताहरुलाई अवमुल्यन गरी चाकडी र चापलुसी गर्नेहरुलाई क्याखी च्यापेर बनाएको नेतृत्वहरुबाटै पार्टीमा संकट आएको बताउदै ओली नेतृतवको काम चलाउ सरकारले कुनै पनि चुनाव गराउन नसक्ने र अन्तमा संसद पुनस्र्थापित हुने बताएकका छन। ओलीले नेकपा एमालेलाई सहि ढंगले नेतृतव गर्न सक्दैनन र उनको संकीपनले एक दिन पार्टी दुर्घटनामा पर्ने कुराको संकेत पार्टीको नौं महाधिबेशनको समयमै आफुले थाहा पाएको र त्यतिबेलाका महाधिबेसन प्रतिनिधी सदस्यहरुलाई ओलीलाई पार्टीको जिम्मा दिनु भनेको आत्मघाती गोल सरह हुने भन्दा तपाईले केही बुझ्नु भएकै छैन कामरेड भनेका साथीहरुले आज तपाइको कुरा सही भएको भन्दै फोन र भेटहरुमा भनिरहेको बताएका छन।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कञ्चन गाउ समितिका सचिव विनोद कुमार पुनको अध्यक्षता तथा वडा नं. ३,वडा समितिका अध्यक्ष पुष्पराज शर्माको संचालनमा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला सदस्य मेघनाथ पौडेल,अनन्तराम पौडेल,जिल्ला सचिवालय समितिका सदस्य भोला बस्याल,हस्त बहादुर सवांर,चन्द्र प्रकाश घर्ति,कुमारी घर्ति,रुम बहादुर पुलामी,सोमनाथ पौडेल लगायत स्थानिय अगुवा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।