प्रदेश १ ले दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।समूह बी मा रहेको प्रदेश १ ले मंगलबार दिउँसो भएको दोस्रो खेलमा बागमतीलाई ४६ रनले पराजित गरेको हो ।
समूह बी मै रहेको सुदुर पश्चिमले मंगलबार बिहानको पहिलो खेलमा गण्डकी प्रदेशलाई ५९ रनले पराजित गरेको थियो दिउसोको खेलमा प्रदेश १ ले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्यलाई पछ्याएको बागमती १६ं४ ओभरमा अलआउट हुँदै ६० रनमा सिमित हुन पुगेको थियो ।बागमतीका लागि कन्चन श्रेष्ठले सर्वाधिक १३ रन बनाउँदा सुमन खतिवडाले १२ रन बनाइन । यी दुई ब्याटर बाहेक अन्य खेलाडीले टिमका लागि दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ प्रदेश १ का लागि निग्मा तामाङले ३ तथा अप्सरी बेगमले २ विकेट हात पारिन । सबनम राई , अलिशा खाडिया र निशा शाहले पनि १/१ विकेट लिए ।त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश १ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो ।प्रदेश १ ले बलियो योगफल बनाउने क्रममा उसका लागि कप्तान रुविना क्षेत्रीले कप्तानी पारी खेलिन । ५५ बलको सामना गरेकी उनले अर्धशतकीय पारी खेल्ने क्रममा ६ चौकाको सहयोगमा ५५ रनको योगदान दिइन । त्यस्तै टोलीका लागि अप्सरी बेगमले १६ रन बनाउदा निग्मा तामाङले ५ रन थपिन्न।बलिङतर्फ बागमतीका लागि स्पिनर आरती बिडारीले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन । त्यस्तै कप्तान अस्मिना कर्माचार्य ,निग्मा तामाङ र कृष्मा गुरुङले १-१ विकेट लिए ।
अब प्रतियोगिता अन्तर्गत बुधबार पहिलो खेलमा सुदुर पश्चिमले प्रदेश १ को सामना गर्नेछ भने दिउँसो हुने दोस्रो खेलमा बागमतीले गण्डकीको सामना गर्नेछ ।यसअघि नै प्रतियोगिताको समूह ए बाट विभागीय टोली एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल प्रवेश पाइसकेका छन् ।