प्रेमनारायण आचार्य
सन्धिखर्क १४ पुस । अर्घाखाँचीमा बजार अनुगमनलाई प्रभावकारी बनाई उपभोक्तामुखी कार्य गर्न जिल्ला प्रशासन कार्यलयमा उद्योग पर्यटन बन तथा बाताबरण मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा सर्बपक्षिय बैठक सम्पन्न भएको छ ।
बैठकमा उपभोक्ताहरुको हित लाई मध्यनजर गर्दै अनुशिक्षण तालीमहरु सन्चालन गर्ने , बिज्ञ सहितको अनुगमन टोलि बनाउन बिज्ञहरु ल्याउन पहल गर्ने अनुगमन टोलि लाई जेरि जस्तो नभइ डोरि जस्तो बनाउने लगायतका महत्त्वपूणर् निणय गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताउनु भयो ।
प्रमुखजिल्ला अधिकारी बिष्णु पौडेलको अध्यक्षतमा सम्पन्न बैठकमा मन्त्रालयका प्रतिनिधि बालकृष्ण गैरे, सन्धीखर्क नगरपालिका का उपप्रमुख ठाकुर कुमार बिक, प्रहरी नायब उपरीक्षक माधब बुढाथोकी , शशस्त्र प्रहरी नायब उपरीक्षक रामकृष्ण महर्जन ,घरेलु तथा साना उद्योग कार्यलयका कार्यलय प्रमुख केसव सुनार , उद्योग बाणिज्य महासंघका अध्यक्ष युबराज श्रेष्ठ ,नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष अशोक श्रेष्ठ , कर कार्यलयका प्रमुख लक्ष्मीकान्त पौडेल, तथा संचारकर्मीहरुको उपस्तिथि रहेको थियोे ।
बैठकपछि आजै सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाको नेतृत्वमा मन्त्रालयका प्रतिनिधि , कर कार्यलयका प्रतिनिधि, जिल्ला प्रहरी कार्यलयका सहायक प्रहरी निरीक्षक, उद्योग बाणिज्य महासङका प्रतिनिधि ,चेम्बर अफ कमर्शका प्रतिनिधि ।सन्धीखर्क नगरपालिकाका प्रतिनिधि तथा सन्चारकर्मी लगायतको टोलिले बजार का विभिन्न पशल हरुमा अनुगमन गरेको छ साथै अनुगमन को क्रममा केही अखाद्य र डेट गएका खाद्य सामाग्रीहरु नस्ट समेत गरिएको छ।