जाडोयाम शुरुभएसँगै दैनिकजसो बढ्दै गएको चिसोको कारण रुपन्देही , कपिलबस्तु , नवलपरासी सहित तराइका जिल्लाको जनजिवन प्रभावित बनेको छ ।
पुसको पहिलोेसातादेखी जाडोसँगै शितलहर चल्दा पश्चिम नेपालका कपिलवस्तु, रुपन्देही, नवलपरासी, दाङ्घ लगायतका जिल्लाको जनजिवन प्रभावित बनेको छ । चिसो बढ्दै गएपछि स्थानीयले चोकचोकमा आगो तापेर बसेका छन् । शितलहरका कारण राजमार्ग र सहायक मार्गमा बाक्लो हुस्सु लाग्दा सवारीका साधनले दिउंसै बत्ती बालेर हिड्नुपर्ने बाध्यता छ । कोरोना माहामारी विच चिसो बढ्दै जाँदा सवैभन्दा बढि सडकमा हिडडुल गर्ने सर्वसाधारण, गरिव, विपन्नले कष्ट भोगेका छन् । जिल्ला स्थीत विप्द व्यवस्थापन समितिले जाडोबाट बचाउनका लागी स्थानीय तहलाइ चोकचोकमा आगोबाल्न आग्रह गरेको छ ।
चिसो बढ्दै गएपछि स्वास्थ्य केन्द्रमा समेत महिला, बालबालीका, बृद्धबृद्धामा रुघाखोकी, दम, निमोनिया लगायतका संक्रमण देखिन थालेकाले चिकित्सकले चिसोबाट बच्न घरबाहिर ननिस्कन, अतिआवश्यक परेमात्र मास्क लगाएर हिडडुल गर्न, सेनिटाइजर प्रयोग गर्न, तातो झोलिलो पदार्थ पिउन लगायतका सुझाव दिएका छन् ।