बुटवल ।
राष्ट्रिय संगितकर्मी संघ रुपन्देहीको दोश्रो अधिवेशनले पुनः दुर्गा नेपाल अध्यक्षमा सर्वसहमतीमा निर्वाचित हुनु भएको छ । बुटवलमा आयोजना गरिएको अधिवेशनमा नेपालको अध्यक्षतामा २३ सदस्यीय नँया कार्यसमिति चयन गरिएको हो । जसको वरिष्ठ उपाध्यक्षमा ओम ज्ञवाली , प्रथम उपाध्यक्षमा भुवन सिहं खड्का , द्धितिय उपाध्यक्षमा सुरज गोतामे , महिला उपाध्यक्षमा अंकिता नेपाल , सचिबममा दमोदर बस्याल , सह सचिबमा अमृत पौडेल ,कोषाध्यक्षमा भगवती पन्थी सहकोषाध्यक्षमा दया भण्डारी चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा मोहननाथ बेलबासे , अर्जुन बिसी , जिवन न्यौपाने , सुदिप गौतम , रमा आचार्य ,मोहनलाल क्षेत्री , दिपेन्द्र पाण्डेय, विष्णु जि पाण्डेय माईलाबा , सुमन थापा , राजविर जैशवाल , राजु महत्रा , शिव रिजाल , अमर जिसी , सुनिल गौतम चयन हुनु भएको छ । वरिष्ठ संगितकर्मी सुरेश सेन्चुरीको प्रमुख आतिथ्यतमा आयोजना गरिएको कार्यक्रममा दिपनारायण पाण्डेय, सुरेश सेन्चुरी , जिवन परियार ,मनिश पन्थ, टंकमनी शर्मा लगायतले बोल्नु भएको थियो । कार्यक्रममा बोल्ने बत्ताहरुले कला क्षेत्रमा सरकारले कुनै साथ नदिएको कलाकारहरुले बताएका छन ।