लुम्बिनी स्पोर्टस् क्लवले दोरिम भिक्षु बौद्ध अध्ययन प्रबद्र्धन पुरस्कार कमल थापालाई प्रदान गरेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय लुम्बिनीको शैक्षिक सत्र ०७४०७५ मा बौद्ध अध्ययन स्नातकोत्तरतह तर्फ थेरवाद बुद्ध धर्ममा सर्वोत्कृष्ट हुन सफल भएको र विश्वविद्यालयको १६औं बार्षिकोत्सवको अवसरमा सर्वोत्कृष्ट विद्यार्थीलाई प्रदानगर्दै आएको दोरिम भिक्षु बौद्ध अध्ययन प्रबद्र्धन पुरस्कार थापालाई प्रदान गरेको क्लवले जनाएको छ ।
तिलोत्तमा नगरपालिकाका उपमेयर जागेश्वरी देवीचौधरीको प्रमुख आतिथ्यमा क्लबका लेखा समिति संयोजक समेत रहेका थापा मगरलाई सम्मान गरिएको हो । थापा दायित्व संस्थाका लुम्बिनी प्रदेश संयोजक र बुद्ध टेलिभिजनका कार्यक्रम प्रस्तोता पनि हुन् ।कार्यक्रममा, तिलोत्तमा वडा नं १४ का अध्यक्ष सोहन थारु,पालिका सदस्य एच.बि.रम्तेल, तिलोत्तमा खेलकुद विकास समितिका संयोजक राजेन्द्र गुरुङ्ग, जनप्रतिनीधिहरु भोम बहादुर बुढामगर,एम बहादुर थापा, क्लबका सदस्यहरु, समाजसेवी तथा यूवाव्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सो अबसरमा बोल्दै चौधरीले योे उपलब्धि सम्मानित व्यक्तित्वको मात्र नभएर समाज र पालिकाको पूँजी रहेको धारणा व्यक्त गर्नुभयो ।क्लवका सल्लाहकार राजेन्द्र गुरुङ्गको स्वागत, क्लवका अध्यक्ष प्रतबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रम सचिव विष्णु दगामीले सञ्चालन गर्नुभएको थियो ।