नवलपरासी ( पश्चिम ) प्रहरीले पिकअप जिप सहित १० लाख भन्दा बढि मुल्य बराबरको अवैध सामग्री पक्राउ गरेको छ । तस्करीमा संलग्न जिप सहित अन्दाजी १० लाख ५१ हजार मुल्य बराबरको अवैध मालसमान पक्राउ गरि आबश्यक कार्बाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको बुधवार त्यहाँ्का प्रहरी प्रबक्ता डिएसपी राजु लामाले जानकारी दिए ।


उनका अनुसार भारतबाट भन्सार छली गरि ३ लाख १३ हजार २ सय मुल्य बराबरको दुई बोरामा राखिएको ५ सय २२ थान छालाको पेटी -(बेल्ट ) बरमद गरिएको हो । त्यस्तै भारतबाट अबैध रुपमा नेपाल तर्फ आउँदै गरेको लु १ च ६४१३ नम्वरको पिकअप जिपमा सय वटा दुई क्वीन्टल बोईलर कुखरा प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरीले सुस्ता गाउँपालिका -५, टुटहवा पुलबाट नियन्त्रणमा लिएको थियो ।
उक्त कुखराको मुल्य अन्दाजी ३८ हजार र गाडीको मुल्य अन्दाजी ७ लाख सहित नियन्त्रणमा लिई चालक सहित महेशपुर पशु क्वारेन्टा कार्यालयमा बुझाईएको डिएसपी लामाले बताए ।