लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले भष्टाचारमा शुन्य सहनशीलता बढेको जिकिर गर्नुभको छ । अन्तराष्ट्रिय भ्रष्टाचार बिरुद्धको दिवशको अवशरमा गैरसरकारी संस्था महासंघ अर्घाखाँचीको आयोजना तथा सुशासन प्रर्बद्धनका लागि जिल्ला स्तरीय नागरीक सञ्जालको समन्वयमा भएको कार्यक्रमा बोल्दै घिमिरेले अनियमितताका उजुरी बढ्नु भ्रष्टाचर बढ्नुको एथेष्ट प्रमाण नभएको भन्दै उजुरी बड्नु सरकारले ल्याएको भ्रष्टाचार बिरुद्धको शुन्य सहनशलता नीतिको उपज भएको बताउनुभयो । भ्रष्टाचार निवारण र लैङ्गिक हिंसा न्यूनीकरणमा सार्वजनिक निकायको भूमिका बिषयक अन्र्तक्रिया कार्यक्रममा घिमीरेले नागरिकमा समेत कतै अनियमितता भएको देखे वा जानकारी पाए उजुरी गर्ने परिपाटीको विकास भएको भन्दै यसले भ्रष्टाचार बिरोधी अभियानले गति लिएको बताउनुभयो । उहाँले लैंङ्गिक हिंसा, भ्रष्टाचार, सामाजिक बिकृति बिसङ्गतीको अन्त्य गर्न पहिला आ-आफ्नो व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले ट्रान्सपरेन्सी इन्टरनेश्नलको प्रतिवेदन मिथ्या र सरकारलाई आरोप लगाउने खालको भएको बताउनुभयो ।