रुपन्देही प्रहरीले १२१ वटा गोरु सहित ५ जनालाई नियन्त्रणमा लिएको ३ दिन पछि पुनः ३० वटा गोरु सहित २ जनालाई पक्राउ गरेको छ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको बाटो हुँदै पूर्वतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले गारु सहित २ जनालाई पक्राउ गरेको हो । लुम्बिनी साँस्कृतिक नगरपालिका ६ तेनुहवाबाट ना ७ ख १८३३ नम्बरको ट्रकमा लोड गरेर पूर्व तर्फ लैजाँदै गरेको अवस्थामा ३० वटा गोरु, १ थान ट्रक सहित ट्रक चालक खान मजिफुल अलि तथा सहचालक मुस्तफा अलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए । नियन्त्रणमा रहेका गोरु र पक्राउ परेका २ जनालाई थप अनुसन्धान तथा कारवाहीका लागि पशु क्वारेन्टाईन चेक पोष्ट बेलहिया भैरहवा पठाईएको प्रहरीले जनाएको छ । यता देवदह नगरपालिका ११ शंकरपुरमा जिल्ला प्रहहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको संयुक्त प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा ना.६ख.३८६१ नं.को ट्रकमा अबैध रुपमा नेपाल बाट भारत तर्फ लैजाँदै गरेको २७ गोटा गोरु, ट्रक चालक र सहचालक समेतलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरुमा मकवानपुर हाडीखोला ०७ बस्ने ४२ बर्षीय (चालक अम्बर बहादुर घिमिरे र रूपन्देही रोहिनी ६ का १९ वर्षिय सहचालक सदिप खान रहेका छन् । ती ब्यक्तिहरूलाई आवश्यक कारबाहीको लागी पशु क्वारेन्टाईन चेक पोष्ट बेलहिया भैरहवा पठाईएकोे रुपन्देही प्रहरीले जनाएको छ ।