अर्घाखाँची २२ मंसिर । अर्घाखाँचीको प्रसिद्ध धार्मिक स्थल सुपा देउरालीको भीरमा एक युवक मृत अबस्थामा फेला परेका छन् ।
पाणिनि गाउँपालिका वडा नम्वर ७ अड्गुरीका १९ बर्षिय अनिल आचार्य भीरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ । घरबाट सुन्तला बेच्न भनी हिजो आइतबार सुपा देउरालीमा गएका उनी आज दिउसो मृत अबस्थामा फेला परेका हुन् ।
घरमा साझ नगएपछि उनका आफन्तले खोजी गरिरहेका थिए । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।