नेपालमा कोरोना भाइरस (कोभिड-१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ३६ हजार दुई सय ४६ पुगेको छ । बुधबार थप एक हजार चार सय ९० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आठ हजार तीन सय जनाको नमुना परीक्षण गर्दा एक चार सय ९० जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा एक हजार पाँच सय ६७ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या दुई लाख १८ हजार एक सय ६१ पुगेको छ । अब नेपालमा १६ हजार पाँच सय ४७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ सय पाँच जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप ९ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार पाँच सय ३८ पुगेको छ ।