बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका वडा न ७ निवासी चक्र वहादुर बस्नेतको मृत्यु भएपछि घरमा किरिया खर्च समेत नभएको अवस्थामा नेपाली कांग्रेसले आर्थिक सहयोग गरेको छ ।
नेपाली कांग्रेस सैनामैना वडा न ७ का नेपाली कांग्रेसका नेता तथा पुर्व वडा अध्यक्षको प्रत्यासी बस्नेतको परिवारलाई आर्थिक सहयोग गरिएको हो । नेपाली कांग्रेस वडा समिति, नेपाल तरुण दल, विपि विचार समाज रुपन्देहीको सहकार्यमा आर्थिक रकम संकलन गरि हस्तान्तरण गरिएको हो । परिवारका सदस्यहरुलाई एक समारोहकाविच १६ हजार रुपैया प्रदान गरिएको विपि विचार राष्ट्रिय समाज रुपन्देहीका सदस्य शिव पोख्रेलले बताउनु भयो । बस्नेतको केहि दिन अघि मृत्यु भएको थियो।
परिवारमा आर्थिक समस्या रहेको जानकारी पाएपछि शुभेच्छुकहरुमाझ पुगेर आर्थि संकलन गरि काजकिरिया खर्च गर्न आर्थिक रकम सहयोग गरिएको तरुण दलका नेता खिमराज पोख्रेलले जानकारी दिए ।