बुटवलमा उपचाररत थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल-७ की ५३ वर्षीया महिला र कपिलवस्तुको चन्द्रौटाकी ५० वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएकी कपिलवस्तुकी महिला मंसिर १५ गते अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारको क्रममा सोमबार राति मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए ।यस्तै मंसिर ११ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएकी बुटवलकी महिला मंसिर १३ गते अस्पताल भर्ना भएकीमा सोमबार दिउँसो मृत्यु भएको छ । उनी मधुमेहको दीर्घ रोगी थिइन् ।
कोरोना संक्रमणबाट लुम्बिनी प्रदेशमा अहिलेसम्म २९२ जनाको मृत्यु भएको छ भने ,रुपन्देहीमा १२१ र कपिलवस्तुमा २१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलले जनाएको छ ।