गुल्मीका ७ वटा स्थानीय तहमा आधारभुत अस्पतालको शिलान्यास गरिएको छ । जिल्लाको कालिगडकि गाउँपालिकाको पुर्तिघाटमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले अस्पतालको भवन शिलान्यास गरेका छ्न ।
त्यस्तै सत्यवती गाउँपालिकाको खैरेनिमा र रुरु क्षेत्र गाउँपालिकाको रिडिको रातामाटामा लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले शिलान्यास गरेको छ्न ।
यता २ म्नम्बर क्षेत्र तर्फ त्यस क्षेत्रका सासद त्था पुर्व मन्त्री गोकणर् बिष्टले हिजो मदाने गाउँपालिका आज धुर्कोट र इस्मा गाउँपालिका र मुसिकोट नगरपालिकाको वामिटक्सारमा अस्पतालको शिलान्यास गरेका छ्न ।
जिल्लाकस १२ स्थानीय तह मध्ये रेसुङ्गा नगर पालिका सदरमुकाम तम्घासमा भएकोले जिल्ला अस्पताल रहेको छ । चन्द्र्कोट , छत्रकोट , गुल्मिदरवार र मालिका गाउँपालिकामा जग्गा खोज्ने काम पूरा भइ नसकेका कारण केही दिन पछि शिलान्यास गरिने भएको छ ।