रुपन्देहीको सैनामैना नगरपालिकाले माहुरीपालक किसानलाई मौंरीको घार र आधार चाका वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा ब्यवसायिक मौंरीपालक किसानलाई घार वितरण गरेको हो ।
नगरप्रमुख चित्र बहादुर कार्कीले मौंरी पाल्नको लागि सैनामैना नगरपालिका उपयुक्त ठाउँ रहेको दाबी गर्नु भएको छ । चरण क्षेत्रको लागि सैनामैनामा चुरे क्षेत्र रहेको उँहाले बताउँदै मौंरी पालन गरेर आर्थिक लाभ लिन उँहाले आग्रह गर्नुभयो । मौंरी चरणको लागि सैनामैना नगरपालिकाले चुरे क्षेत्रमा २० हजार चिउरीका बोट रोपेको कार्कीले जानकारी दिदैं यसबाट किसान लाभान्वित हुने दाबी गर्नुभयो । नगरपालिकाले मौंरी किसानको प्रोत्साहनको लागि अनुदान मूलक र तालिमका कार्यक्रमहरु सञ्चालन गर्ने बताउँनुभयो। सैनामैना नगरपालिकामा रहेर ब्यवसायीक मौंरी पालन गरेका किसानलाई घार र आधार चाका वितरण गरेको कृषि शाखाका प्रमुख सिर्जना खनालले जानकारी दिनुभयो ।
कृषि शाखाले १५ दिनको सुचना निकालेर १० जना ब्यवसायिक किसानलाई घार वितरण गरेको बताउँनुभयो । नगरपालिकाले छुट्टाएको २ लाख बजेटमा घार वितरण गरिएको उँहाले जानकारी दिनुभयो । नगरपालिकाले एक सय वटा माहुरीको घार वितिरण गरेको हो ।