रातको सुन्दरतामा सुरम्य लुम्बिनी नामक वृत्तचित्र सार्वजनिक गरिएको छ । भैरहवामा एक कार्यक्रमकाबीच अग्रज पत्रकार चेतन पन्तद्वारा तयार पारिएको वृत्तचित्र नेपाली भाषाको करिब ७ मिनेट ४० सेकेण्ड र अंग्रेजी भाषाको ५ मिनेट ४८ सेकेण्डको वृत्तचित्रलाई पन्तको युट्यूब च्यानल चेतन पन्तमार्फत सार्वजनिक गरिएको हो ।
केही समय अघिसम्म रातमा चकमन्न अध्यारो देखिने लुम्बिनी हाल लुम्बिनी विकास कोषले प्रकाशको व्यवस्था गरेपछि लुम्बिनी बत्तीको प्रकाशमा सुनमा सुगन्ध भए जस्तो देखिएको कुरालाई समेटेर पन्तले अंग्रेज़ी र नेपाली भाषामा वृत्तचित्र बनाएका हुन ।उक्त वृतचित्र सामाजिक संजालबाट लुम्बिनी विकास कोषका सूचना विज्ञ तथा लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष नरेश केसीले पन्तको युट्यूब च्यानलमार्फत सार्वजनिक गरे ।सो अवसरमा बोल्दै के.सी.ले पत्रकार पन्तले लुम्बिनी हिराको खानी हो भनेर बारम्बार बताउने गरेको बताउँदै उनको बृत्तचित्रले पर्यटन प्रबद्र्धनमा महत्वपूणर् भूमिका खेल्ने बताए ।लुम्बिनी प्रेस क्लवका संस्थापक अध्यक्ष माधव ढुंगानाले लुम्बिनीको विकासमा डकुमेन्ट्री बनाएर पन्तले राम्रो भूमिका खेल्नु भएको बताए ।पत्रकार महासंघ रुपन्देहीका सह-सचिव तथा लुम्बिनी प्रेस क्लबका सल्लाहकार कमल रायमाझीले अग्रज पत्रकार चेतन पन्तको वृत्तचित्रले लुम्बिनीको प्रचारप्रसारमा महत्वपूणर् भूमिका खेल्ने बताए ।२५ सय वर्ष भन्दा अघि बुद्ध जन्मदा बत्तीको आविष्कार भएको थिएन तर वर्तमान युगमा बिजुलीको सुरुवातपछि सम्पदाहरुलाई प्रकाशमय बनाइदिदा झनै सुन्दर देखिएको चेतन पन्तले बताए ।
लुम्बिनीको पर्यटन बजार र विकासलाई सामाजिक सञ्जालमार्फत सघाउन यो वृत्तचित्र अभियान सुरु गरेको पन्तले बताए । पत्रकार शशि पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।पन्तले हालसम्म करीब डेढ दर्जन नेपाली र अंग्रेज़ी भाषामा लुम्बिनीको डकुमेन्ट्री तयार गरिसकेका छन् । उनले धेरै देशमा लुम्बिनीको फ़ोटो प्रदर्शनी गरेका छन । उनको युट्यूब च्यानलको क़रीब १० लाख दर्शकले हेरिसकेका छन भने ११ हज़ार बढी दर्शक छन् ।