दूर्घटनाका घाइते आठबिसकोट नगरपालिका वडा नं. ८ का ५८ वर्षीय लालबहादुर सार्कीको मृत्यु भएको छ । उनलाई उपचारका लागि नेपालगञ्ज तर्फ लैजाने क्रममा जाजरकोटमा मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता हरि वलीले जानकारी दिए ।
त्यसअघि घटनास्थलमै थप ४ जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा परि घटनास्थलमै आठबिसकोट-८ का गोरे नेपाली, सार्के नेपाली, आइते चदारा र कलिभान नेपालीको मृत्यु भएको थियो ।
शुक्रबार बेलुका साढे १० बजेतिर भएको आठबिसकोट नगरपालिका वडा नं. ७ मा आठबिसकोट वडा नं १० को घारीखोलामा जन्ति गएर घर फर्किरहेका मानिसहरु सवार रा १ ज ५८९ नम्बर जिप मानिसहरु झर्नका लागि राकेपछि भिरवाट खसेको प्रहरी प्रबक्ता वलीले बताए ।
मानिस झार्र्न साईड लगाउने क्रममा जीप झन्डै एक सय मिटर तल खसेको प्रबक्ता वलीले जानकारी दिए ।
जीपको अगाडि बसेका अन्य मानिसहरु ढोका खोली हाम फालेर ज्यान जोगाउन सफल भएको वलीले बताए ।
पछाडि बस्नेहरुले हाम फाल्ने ढोका नपाएको हुँदा उनीहरु भाग्न नपाएको र संगै जीपसंग तल खसेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता वलीले जानकारी दिए ।
फरार जीप चालक डिल्लीबहादुर नेपाली शुक्रबार बिहान सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।