बुटवल उपमहानगरपालिकाले डिजिटल सिटिको बाटोमा महत्वपूण कदम चालेको छ । राजश्व तिर्नका लागि लाइन लाग्नुपर्ने पद्धतिको अन्त्य गर्न उपमहानगरपालिकाले अनलाइनबाटै राजश्व तिर्न मिल्ने गराएको छ । उपमहानगरपालिका र यसअन्तर्गतका १९ वटै वडामार्फत् अनलाईन प्रणालीबाट रावश्व संकलन सुरु गरिएको हो ।
यो सेवासंगै अब जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत राजस्व बुझाउन सकिने छ ।करदाताले नगरपालिकाले संकलन गर्दै आएको एकिकृत सम्पति कर, घर बहाल कर, अन्य व्यवसाय कर, सरसफाई सेवा शुल्क, अचल सम्पति मुल्यांकन शुल्क, नक्सा पास दस्तुर, ठेक्का पट्टा नविकरणलगायतका राजश्वलाई जुनसुकै ठाउँबाट पनि अनलाईनबाटै तिर्न सक्ने व्यवस्था मिलाएको छ ।डिजिटल प्रविधिको यो नौलो व्यवस्थाको बिहीबार एक समारोहका बीच नेपाल सरकारका अर्थमन्त्री, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव विष्णुप्रसाद पौडेलले शुभारम्भ गर्नुभयो ।नयाँ प्रविधिको शुभारम्भ गराउँदै अर्थमन्त्री पौडेलले डिजिटल सिटिको अभियानमा बुटवलले महत्वपूणर् कदम चालेको बताउनुभयो ।
उपनगरपालिकाको काम समय अनुकुल र सुचना प्रविधिसंग जोड्दैँ नगरबासीको सहजताका लागी अनलाईन प्रणाली मार्फत राजश्व संकलन सुरु गरिएको उपमहानगरपालिकाका प्रमुख सुवेदीले बताउनुभयो । उपमहानगरपालिकाले नगरको भौगोलिक सूचना प्रणालीलाई अद्यावधिक गर्दै जिआइएसका आधारमा घर नम्बरिङ पनि गरिसकेको छ । ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ गरिएको घरमा नम्बर प्लेट टाँस्ने काम गरेको थियो ।